Cycle Culture Community
  • Home
  • Events
    • Ride to Life
    • Yak attack
  • About
  • Activities
  • Documents
  • News Coverage
  • Contact Us

साइकल संस्कृति बढाउन सातै प्रदेशमा अभियान

साइकल संस्कृति बढाउन सातै प्रदेशमा अभियान

सुनपानी

काठमाडौं – मुठ्ठीदानमार्फत् ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला राजधानीमा सम्पन्न भएको छ । वातावरणीय न्यायको सशक्त माध्यमका रुपमा साइकल संस्कृति स्वीकार गरेर विश्व साइकल दिवस घोषणा सहित संयुक्त राष्ट्रसंघले दीगो विकासको लक्ष्य तय गरेको छ । यस वर्षको विश्व पर्यटन दिवस ‘ग्रीन इन्भेष्टमेन्ट’ नारामा केन्द्रित थियो । यसै सन्दर्भमा ‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत ‘चित्रकलामा साइकल संस्कृति’ विषयक कार्यशाला सम्पन्न गरेको हो
‘साइकल कल्चर कम्युनिटी’का संयोजक तारालाल श्रेष्ठले दिनु भएको जानकारी अनुसार महिला साइक्लिष्टको नेतृत्वमा ललितपुरबाट शुरु गरिएको साइकल राइड नेपाल पर्यटन बोर्डमा पुगेर कार्यशालाको उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त साइक्लिष्ट अजय पण्डित क्षेत्री, उषा खनाल र सुरज रानालाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई साइकल खेलकूद मार्फत् चिनाएकोमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, रागिनी उपाध्याय र के.के. कर्माचार्यले खादा ओढाएर सम्मान गर्नु भएको थियो ।
त्यसैगरि महिला साइक्लिष्ट सिकाईका अगुवा लक्ष्मी श्रेष्ठ र उर्मिला शाक्यलाई महिला साइक्लिष्टहरु वृद्धि गर्न योगदान दिएकोमा वरिष्ठ कलाकारबाट सम्मान गरिएको थियो । प्राध्यापक अभि सुवेदीको उत्प्रेणात्मक मन्तव्य सहित क्यानभासमा स्थापित साइक्लिष्टको संलग्नतामा वरिष्ठ कलाकार तथा सहभागीहरुद्वारा संयुक्त रुपमा चित्रकला कार्यशालाको समुदघाटन गरिएको थियो । सम्मानित साइक्लिष्ट सहित पूर्वकूलपतिहरु तथा प्राध्यापक सुवेदीले संयुक्त रुपमा पानसमा बत्ती बालेर क्यानभासमा सबैले रंगहरु भर्दै सामूहिक चित्राकृति बनाएर बनाएका थिए ।
नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा सम्पन्न उक्त खुल्ला चित्रकला कार्यशालामा एक जना कलाकारले दुईवटा क्यानभासमा चित्रकृति तयार पार्ने उद्देश्य रहेकोमा कार्यशालामा ३६ वटा चित्रकृति तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिनु भयो । सुप्रसिद्ध चित्रकार शशि विक्रम शाहले घरबाटै चित्रकृति बनाई कार्यशालामा पठाउनु भएको थियो भने अन्य वरिष्ठ कलाकारहरुले चित्राकृति घरमै बसेर पनि पूरा गर्ने काम भइरहेको छ । ३३ जना कलाकारहरु सहभागिता रहेको सो कार्यशालामा पूर्णता दिन नसकिएका केही कलाकृतिहरु कलाकारहरुले घरमै लगेर पूर्णता दिने काम भइरहेको छ र ती सबै कलाकृतिहरु संकलन गरेर क्याटलग प्रकाशन सहित आसन्न वडा दशैंको लगत्तै नेपाल कला परिषदमा प्रदर्शनी गरिने लक्ष्य रहेको संयोजक तारालाल श्रेष्ठले जानकारी दिनु भएको छ
साँस्कृतिक महत्वका सम्पदा क्षेत्रमा आमभेला तथा अन्तरक्रिया सहित सात वटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियान अघि बढाउने आयोजक संस्थाले लक्ष्य लिएको छ । यस कार्यबाट साइकल संस्कृति अभियानलाई कलात्मक किसिमले वौद्धिक जगतसँग जोड्ने प्रयास भएकोमा अतिथिहरुले प्रशंसा गरेका थिए । वरिष्ठ कलाकार, साहित्यकार तथा अभियन्ताहरुले आगामी दिनमा पनि यस किसिमका कलात्मक अभियानमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।


साइकल संस्कृति बढाउन सातै प्रदेशमा अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About The Blog

Nulla laoreet vestibulum turpis non finibus. Proin interdum a tortor sit amet mollis. Maecenas sollicitudin accumsan enim, ut aliquet risus.

Recent Posts

क्यान्सर उपचार सहयोगार्थ मध्यपहाडी लोकमार्गमा साइकल-यात्राJanuary 14, 2026
मध्यपहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनJanuary 11, 2026
Cycling for cancer survival supportJanuary 6, 2026

Categories

  • News
  • RTL_NEWS COVERAGE

Meta

  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Tags

Agency Apollo13 Information Popular WordPress

Address: Kirtipur, Kathmandu, Nepal

Contact: +977 9851013480 /  9817389090
Email : c3nepal@gmail.com
info@cccnepal.org

Cycle Culture Community || All Rightss Reserved © 2023 cccnepal.com