Cycle Culture Community
  • Home
  • Events
    • Ride to Life
    • Yak attack
  • About
  • Activities
  • Documents
  • News Coverage
  • Contact Us

साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला

साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला

अर्थ लगानी

काठमाडौँ। मुठ्ठी दानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ। वातावरणीय न्यायको शसक्त माध्यमका रुपमा साइकल संस्कृति स्वीकार गरेर विश्व साइकल दिवस घोषणासहित संयुक्त राष्ट्रसंघले दीगो विकासको लक्ष्य तय गरेको छ।

यस वर्षको विश्व पर्यटन दिवस ‘ग्रीन इन्भेष्टमेन्ट’ शीर्षकमा केन्द्रित थियो । यसै सन्दर्भमा ‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत ‘चित्रकलामा साइकल संस्कृति’ विषयक कार्यशाला सम्पन्न गरेको हो।

महिला साइक्लिष्टको नेतृत्वमाबाट साइकल राइड नेपाल पर्यटन बोर्डमा पुगेर कार्यशालाको समुदघाटन सम्पन्न भएको थियो। कार्यक्रममा नेपालका ख्यातिप्राप्त साइक्लिष्ट अजय पण्डित क्षेत्री, उषा खनाल र सुरज रानालाई अन्तर्राष्ट्रिय जगतमा नेपाललाई साइकल खेलकूदमार्फत चिनाएकोमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपतिहरु किरण मानन्धर, सागिनी उपाध्याय र के.के.कर्मचारर्यले खाँदा ओढाएर सम्मान गरेको थियो। त्यसैगरि महिला साइक्लिष्ट शिकाइका अगुवा लक्ष्मी श्रेष्ठ र उर्मिला शाक्यलाई महिला साइक्लिट समुदाय बढाउन योगदान गरेकोमा बरिष्ठ कलाकारबाट सम्मान गरिएको थियो।

प्राध्यापक अभि सुवेदीको सम्भाषणसहित क्यानभासमा स्थापित साइक्लिष्टको संलग्नतामा बरिष्ठतम कलाकार तथा सहभागीले संयुक्त रुपमा चित्रकला कार्यशालाको समुदघाटन गरेको थियो । सम्मानित साइक्लिष्टसहित पूर्वकूलपतिहरु तथा प्राध्यापक सुवेदीले संयुक्त रुपमा पानसमा बत्ती बालेर क्यानभासमा सबैले रंगहरु भर्दै सामूहिक चित्राकृति बनाएर समुदघाटन सम्पन्न गरेको थियो।

नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा खुला चित्रकला कार्यशाला साँझसम्म जारी रहको थियो । एक जना कलाकारले दुईवटा क्यानभाषमा चित्रकृति तयार पार्ने उदेश्यले कार्यशालाबाट करिब ५० देखि ७० वटा चित्रकृति तयार गरिने लक्ष्य आयोजकले लिइएको थियो। कार्यशालामा ३३ जना कलाकार सहभागी थिए।

वरिष्ठ चित्रकार शशिविक्रम शाहले घरबाटै चित्रकृति बनाई कार्यशालामा पठाउनु भएको थियो। बरिष्टतम कलाकारहरुले चित्राकृति घरमै बसेर पनि पूरा गर्ने काम भइरहेको छ। सबै कलाकृति जम्मा गरेर क्याटलग प्रकाशनसहित नेपाल कला परिषद्मा प्रदर्शनी गरिने लक्ष्य आयोजकको छ।

सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा मासभेला तथा अन्तरक्रियासहित सातवटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियान अघि बढाउने आयोजक संस्थाले लक्ष्य लिएको छ। यस कार्यबाट साइकल संस्कृति अभियानलाई कलात्मक किसिमले बौद्धिक जगतसँग जोड्ने प्रयास भएको अतिथिहरुले बताए। बरिष्ठ कलाकार, साहित्यकार तथा अभियन्ताहरुले आगामी दिनमा पनि यस किसिमका कलात्मक अभियानमा योगदान गर्ने प्रतिवद्धता जनाएका छन्।


साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

About The Blog

Nulla laoreet vestibulum turpis non finibus. Proin interdum a tortor sit amet mollis. Maecenas sollicitudin accumsan enim, ut aliquet risus.

Recent Posts

क्यान्सर उपचार सहयोगार्थ मध्यपहाडी लोकमार्गमा साइकल-यात्राJanuary 14, 2026
मध्यपहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनJanuary 11, 2026
Cycling for cancer survival supportJanuary 6, 2026

Categories

  • News
  • RTL_NEWS COVERAGE

Meta

  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Tags

Agency Apollo13 Information Popular WordPress

Address: Kirtipur, Kathmandu, Nepal

Contact: +977 9851013480 /  9817389090
Email : c3nepal@gmail.com
info@cccnepal.org

Cycle Culture Community || All Rightss Reserved © 2023 cccnepal.com